neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालमा ओपो एफ १९ प्रो चाँडै सार्वजनिक गर्ने घोषणा, एफसिरिजका स्मार्टफोन अन्तर्गत एफ १९ प्रो नयाँ समिकरणकारुपमा भित्र्याइने

नेपालमा ओपो एफ १९ प्रो चाँडै सार्वजनिक गर्ने घोषणा, एफसिरिजका स्मार्टफोन अन्तर्गत एफ १९ प्रो नयाँ समिकरणकारुपमा भित्र्याइने

Mar 3rd, 2021

काठमाडौ, फागुन १८

अग्रणी बैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ १९ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको हो । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१९प्रो मार्फत थप अगाडी लैजाने तयारी गरेको छ । फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नव्रबर्तनात्मक प्रविधिहरुका कारण ओपो एफ१९प्रो ले एफसिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

ओपो एफ १९ प्रो ले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ । हाल सम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने कुनै आधिकारिक जानकारी दिएको छैन । तथापी, यही महिनाभित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ ।

हाल सम्म कम्पनीले ओपो एफ१९प्रोका विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तर, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु प्नि नयाँ फोनमा समावेस गरिने आशा हामी सहजै गर्न सक्छौँ । कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेज मार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने निश्चित छ । तसर्थ, यदी नयाँ फोनको खोजीमा हुनुहुन्छ भने फोनका बारे थप जानकारीका लागि आपो नेपालको सामाजिक सञ्जाल पेजमा थप अपडेटका लागि अवश्य जानु होला, कम्पनीले भनेको छ ।