neapl investment mega bank

आज पनि ३९ अंकले घट्यो नेप्से

Mar 3rd, 2021

काठमाडौ, फागुुन १९

अघिल्लो दिन घटेको नेप्से आज बुुधबार पुन ३९ दसमलव २३ अंंकले घटेर २४ सय १६ अंकमा झरेको छ । सेन्सिटिभ पनि सात दसमलव १२ अंकले घटेर चार सय ३६ दसमलव ८० अंकमा झरेको छ । आज दुुई सय १२ वटा कम्पनीहरुको ६३ हजार छ सय ७४ वटा कारोवारमा एक करोड १३ लाख ९२ हजार एक सय ३५ कित्ता सेयर किनबेच भएकाछन भने भने कुुल सेयर कारोवार रकम छ अर्ब २५ करोड ४८ लाख नौ हजार चार सय ४२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा टे«डिङ र होटल तथा पर्यटन समुहको सुचकहरु बढेपनि बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । साने मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव तीन अंकले घटेर १७ सय ५६ दसमलव नौ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि २० दसमलव ३२ अंकले घटेर १९ सय नौ दसमलव ३६ अंकमा झरेको छ । बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो हिल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एशियन लाईफ इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि थानमा नेपाल टेलिकम परेको छ ।