neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • भूमिगत जल पुनस्भरण परियोजना नेपाली सेनाको श्रीराजदल गणलाई हस्तान्तरण

भूमिगत जल पुनस्भरण परियोजना नेपाली सेनाको श्रीराजदल गणलाई हस्तान्तरण

Mar 1st, 2021

काठमाडौ, फागुुन १७

वाटरएड नेपाल र कोका कोला फाउन्डेसनको सहयोगमा, एकीकृत शहरी विकास केन्द«ले आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुन भरण परियोजना नेपाली सेनाको श्री राज दल गण हाताभित्र हस्तान्तरण गरेको छ । जनवरी २०२० मा शुरु भएको यस सहकार्यात्मक परियोजना, ललितपुर महानगरका मेयर चिरी बाबु महर्जनको उपस्थितिमा एउटा समारोहका माझ फागुन १६ गते सफलतापूर्वक सम्पन्न भई राज दल पाटन ब्यारेकमा हस्तान्तरण गरिएको छ ।

पाटन शहरको उच्च स्थानमा अवस्थित, लगनखेल क्षेत्र एउटा प्राकृतिक पुन भरण क्षेत्र हो जहाँ भूमिगत जल पुन भरण हुन्छ, जसले सामुदायिक इनार र ढुङ्गे धारामा पानीको आपूर्ति गर्दछ । यो परियोजना लगनखेल तथा यसका वरपरका क्षेत्रहरूमा भूमिगत जलको पुन भरण गर्ने गरी र यस प्रविधिलाई अझ व्यापक समुदायहरू माझ प्रदर्शन गर्ने लक्ष्य राखेर सञ्चालनमा ल्याइएको छ ।

ब्यारेकको परिसरभित्र ५१ वटा फिल्टर च्याम्बरहरू सहितको ५१ पुन भरण इनारहरू निर्माण गरिएका थिए। यी इनारहरू मार्फत सम्भाव्य जल पुन भरणको अपेक्षित वार्षिक परिमाण ५ करोड १० लाख लिटर रहेको छ । यसका अतिरिक्त सतहमा बग्ने पानीबाट थिगर तथा बालुवा हटाउनका लागि, यस क्षेत्रमा फोहर पानी ल्याउन सक्ने ठाउँहरूमा तिन वटा थिगर (सिल्ट) हटाउने बेसिनहरूको पनि निर्माण गरिएको थियो। भूमिगत जलको पुन भरण सम्बन्धी पहलकदमीको कार्यकुशलता प्रदर्शन गर्नका लागि एउटा वर्षा बगैँचाको निर्माण पनि गरिएको छ ।

साथसाथै, स्थानीय निकायहरू, नागरिक समाज सङ्गठन तथा शैक्षिक संस्थाहरूलाई संलग्न गर्दै भूमिगत जल पुन भरण सम्बन्धी प्रेरणामूलक तथा सचेतनामूलक कार्यक्रमहरू अझ व्यापक समुदायहरूमा सञ्चालन गरिएका थिए ।

काठमान्डु उपत्यकामा पानीका प्रमुख स्रोतहरू मध्ये भूमिगत जल एउटा स्रोत हो। घरपरिवारमा रहेका तथा समुदायमा रहेका इनार मार्फत र ढुङ्गे धारा र पानीका मुहानहरू मार्फत भूमिगत जल निकालिन्छ। हरेक मनसुनमा भूमिगत जल छिद्र रहेका माटोको सतह तथा पोखरीहरूमा भुईँमुनि वर्षातको पानी पस्दा प्राकृतिक रूपमा भूमिगत जल पुन भरण हुन्छ। साथै नजिकै रहेका पानी जम्मा हुने स्थलहरू तथा नहरहरूबाट सङ्कलन गरिएको पानीले उल्लेख्य रूपमा प्राकृतिक भूमिगत जल पुन भरण र भूमिगत जलको तह कायम राख्न (वा बढाउन) योगदान गर्दछ । यद्यपि यो भूमिगत जल तालिका, दुई प्रमुख कारणले गर्दा खस्कँदो छ–प्राकृतिक पुन भरण क्षेत्रहरू बन्द गर्नाले र भूमिगत जलको अनियन्त्रित दोहन गर्नाले । सम्बन्धित संस्था वा व्यक्ति विशेषको घरधुरीमा रणनीतिक स्थानहरूमा प्रवर्धन गर्न सकिने साधारण तथा न्यून खर्च लाग्ने पुन भरण इनारहरूको निर्माण गरेर कृत्रिम पुन भरण प्रक्रिया मार्फत यो भूमिगत जल तालिकालाई कायम गर्न सकिन्छ । यो कार्य सामुदायिक पोखरीहरूलाई व्युताएर पनि गर्न सकिन्छ।भूमिगत जल पुन भरणले आँधीबेहरीका बखत आउने पानीको पनि व्यवस्थापन गर्दछ, जसले शहरी बाढीको न्यूनीकरण गर्दछ ।

ललितपुर महानगरका मेयर चिरी बाबु महर्जनले भने उहा यस कार्यक्रममा उपस्थित हुन पाउनु भएको खुशी व्यक्त गर्नु भयो । उहाले एकीकृत शहरी विकास केन्द«, वाटरएड नेपाल, कोका कोला फाउन्डेसन र राज दल सेना ब्यारेकलाई ले आकाशे पानी सङ्कलन तथा भूमिगत जल पुन भरण परियोजना संचालन गरेकोमा मुरीमुरी धन्यबाद दिनु भयो ।

नेपालमा कोका–कोला कम्पनीका देशीय निर्देशकले अम्बुज सिंहले भने, “हामीले हाम्रा पेय पदार्थमा प्रयोग गरेभन्दा धेरै पानी पुन भर्ने गर्नका लागि कोका–कोला कम्पनीले एउटा अग्रणी प्रतिबद्धता गरेको छ । पानीका स्रोतहरूको संरक्षण तथा पुन भर्र्नेे, जिम्मेवारीपूर्ण पानीको प्रयोगको प्रवर्धन तथा सबैजनाका लागि सफा पानीमा पहुँच सुनिश्चित गर्न सहयोग पु¥याउने हाम्रो जिम्मेवारी रहेको छ । शहरी तथा ग्रामीण समुदायहरूमा जल संरक्षण अभ्यासहरू तथा अन्य नवीनतम परियोजनाहरूलाई प्रोत्साहित गर्न र कार्यान्वयनलाई हाँक्नका लागि नेपालमा वाटरएडसँगको हाम्रो साझेदारीले गति लिँदै छ ।”

नेपालमा कोका–कोला

नेपालमा कोका–कोलाले देशभरिका हज्जारौ उपभोक्ताहरूलाई आफ्ना प्रमुख उत्पादन कोका–कोला, स्प्राइट, फेन्टा र किन्ले प्रदान गर्दछ र एउटा प्रणालीका रूपमा ५००० भन्दा धेरै मानिसहरूलाई प्रभावित गर्दछ। ‘सुरक्षित पानी परियोजना, का साथै विद्यालयहरूमा नेपालभरिका १४ समुदायहरूमा पिउने पानीमा पहुँच सुधार गर्न र आधारभूत सुविधाहरू प्रदान गर्न युएन ह्याबिटाट सँग रहेर सपोर्ट माई स्कुल सम्बन्धी पहलका लागि काम गर्दछ। स्टार खुद्रा विक्रेता प्रशिक्षण कार्यक्रम मार्फत, कोका–कोला कम्पनीको ग्लोबल फाइभबिवाइ२० कार्यक्रमको अंशका रूपमा महिला थोक विक्रेताहरूको सशक्तीकरण पनि गर्दछ । हालसालै पेट पुनसंकलन सामाजिक उद्यमका लागि खाली पेट बोतलहरूको पुनचक्रण गर्न प्रोत्साहित गर्ने कार्यक्रमका लागि कम्पनीले हिमालयन क्लाइमेट इनिसिएटिभ र जिआइजेडसँग साझेदारी गरेको छ । कोका–कोला नेपालले विश्व पानी दिवस पनि मनाउँदछ र देशैभरका समुदायहरूको जीवनमा एउटा सकारात्मक भिन्नता ल्याउन लक्ष्य राखिरहेको छ ।

वाटरएडका बारे

वाटरएड सन् १९८१ मा स्थापित एउटा गैरनाफा मूलक संस्था हो, जुन एउटै पीढीमा सफा पानी, उचित शौचालयहरू तथा राम्रो सरसफाइ सबैका लागि, सबै ठाउँमा सामान्य बनाउनका लागि कटिबद्ध छ। सफा पानी, उचित शौचालयहरू तथा राम्रो सरसफाइ उपलब्ध गराउन २८ वटा देशहरूमा काम गर्दै हामीले लाखौँ जीवनहरूमा हरेक वर्ष परिवर्तन ल्याउँछौँ ।

हामीले सन् १९८१ मा शुरु गरेदेखि नै, हामी मानिसहरूको जीवन रूपान्तरित गर्ने यी तिन अत्यावश्कीय कुराहरूमा हामी केन्द्रित रहेका छौँ । यी तिनै तत्व बिना मानिसहरूले मर्यादित, स्वस्थ जीवन व्यतीत गर्न सक्दैनन् । यी तिनै तत्वका साथ, उनीहरूले आफ्ना सम्भावना पहिल्याउन सक्छन, गरिबीबाट मुक्त हुन सक्छन्, र राम्रोका लागि आफ्ना जीवन परिवर्तित गर्न सक्छन् । बालबालिकाहरू स्वस्थ र बलियो भएर हुर्किन्छन्, महिला तथा पुरुषहरूले जीविकोपार्जन गर्न सक्छन्, सम्पूर्ण समुदायहरू फस्टाउन शुरु गर्छन्। यो सामान्य सुनिन्छ र हुनु पनि पर्छ ।

वाटरएड नेपालमा सन् १९८७ देखि कार्यरत छ । नेपालमा हाम्रो काम ९ जिल्लाहरूमा फैलिएको छ । हामी स्थानीय साझेदारहरू, प्राविधिक विज्ञहरू, सरकारहरू तथा समुदायसँग काम गरेर जीवन रूपान्तरण गर्नका लागि मद्दत गर्दै पुग्न कठिन समुदायहरूमा एकीकृत वाश (पानी, सरसफाइ, स्वच्ता) सेवाहरूको प्रवाह गर्न मद्दत गर्नका लागि हामी कार्य गर्दछौँ ।

एकीक ृत शहरी विकास केन्द्रका बारेमा

मानव विकासका क्रममा, शहरहरू चलायमान तथा तरङ्गमयी केन्द्रहरूका रूपमा देखा परेका छन्। यस्ता परिवर्तनहरू एसियामा जस्तो नाटकीय कहीँ पनि छैनन् । नेपालमा यसको वेग यस्तो उच्च छ कि एक दशकभन्दा कम समयमा नै शहरी जनसङ्ख्या दोब्बर हुनेछ । तर शहरीकरण मूल्य चुकाउनुपर्ने गरी हुदैछ । सोच्दै नसोचेका चुनौतीहरू आइ पर्नाले यिनको व्यवस्थापन भन्दा पनि शहरीकरणको वेगले उछिन्दैछ । यस्तो प्रवृत्तिले निश्चय पनि राष्ट्रिय विकासको अवधारणाको पुनःअभिमुखीकरण सँगालेको छ। दुर्भाग्यवश, नेपालमा, यसका उच्चतम ग्रामीण–विभेदयुक्त नीतिहरूका साथ, सरकारले यस दिशामा आक्कलझुक्कल केही मात्र पहल गरेको छ ।

सीमित स्रोतसाधनको बाडफाडले ‘विकासका यी यन्त्रहरू’ लाई ‘सभ्यताको निराशा’मा परिणत गरेको छ। उचित योजना, कार्यान्वयन तथा परिपालनाको अभावमा, पहिले नै गरिब रहेको यस देशका सीमित भूमि र अन्य स्रोतसाधनहरू दिगोपना रहित तथा असमतामूलक प्रयोगको दिशामा धकेलिएका छन् । खस्कँदो शहरी वातावरण–प्रदूषण, अपराध तथा भिडभाड अपर्याप्त तथा ढिलो प्रतिकार्यहरूका फल हुन्।यस असमञ्जसका अवश्यसम्भावि पीडितहरू शहरी गरिबहरू हुन ।

यस परिवेशमा एकीकृत शहरी विकास केन्द्रले दुईवटा अवधारणा मार्फत यी सवालहरू सम्बोधन गर्ने आशय राख्दछ–सुशासनका सबै तहहरूमा दिगोपनायुक्त शहरी विकासको पक्षमा पैरवी गर्ने र सामुदायिक सहभागिता मार्फत सबैभन्दा आवश्यकता भएका जनसङ्ख्याहरूलाई शहरी सेवा प्रवाह गर्न सहजीकरण गर्ने ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi