neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको एट्लेटिकोलाई पाँच अंकको अग्रता

शीर्ष स्थानको एट्लेटिकोलाई पाँच अंकको अग्रता

Mar 1st, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,१७ फागुन

स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिकोले ५ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले भिल्ला रियललाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो ।

एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्सले एक गोल गरे।एट्लेटिकोले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको २५ औं मिनेटमा भिल्ला रियलका अल्फोन्सो पेड्राजाले आत्मघाती गोल गरेपछि एट्लेटिकोले अग्रता लिएको थियो ।

त्यसपछि ६९ औँ मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई २-० ले अघि बढाए।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र एट्लेटिकोले जित निकालेको हो ।

जितसँगै एट्लेटिकोले २४ खेलबाट ५८ अंक जोडेको छ र शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानको बार्सिलोनाको २५ खेलबाट ५३ अंक छ ।पराजित भिल्ला रियलको २५ खेलबाट ३७ अंक छ सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi