neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • घुष अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

घुष अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

Feb 28th, 2021

काठमाडौ, फागुुन १६

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारि निर्बाह गर्ने एक प्रहरी निरीक्षक सहित १८ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । सम्मानित हुनेहरु मध्य ६ जनालाई नगद सहित बृद्धि बिकासमा समेत सहयोग हुनेगरि अभिलेखमा जनिने गरि पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार शम्भु बिश्वकर्मा, प्रहरी जवानहरु अनिल महर, महेशराज पनेरु, रमेश सिंह बुडाल, बिन्दा थापा र राम आवतार राम रहेका छन ।

नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ्ग एव निर्देशन दिँदै आएका छौं, फलस्वरुप घुष दिन खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरि कारबाही गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन, प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको, उहाँले बताउनु भयो ।

यस आ.ब.मा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।
यस कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत आर्थिक पारदर्शीता एव सुन्य शहनसिलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई कारबाहीको दायरामा ल्याउन थप सकारात्मक उत्प्रेरणा जगाउने बिश्वास महाशाखाले गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi