neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबिका ग्राहकहरुलाई बी एण्ड बी अस्पतालमा सहुलियत

एनएमबिका ग्राहकहरुलाई बी एण्ड बी अस्पतालमा सहुलियत

Feb 28th, 2021

काठमाडौ, फागुन १६

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिसतसम्म छुट दिने बिषयमा द्विपक्षीय समझदारी गरेको छ । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई फार्मेसीबाट औषधी खरिद गर्दा पाँच प्रतिसत र अन्तरंग (भर्ना) मा सात प्रतिसत छुट उपलब्ध गराउने छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बी का तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरेका हुुन । बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।