neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखको सानदार जित

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखको सानदार जित

Feb 27th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन १५

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्न म्युनिखले एफसी कोल्नलाई ५-१ गोलले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोव्स्की र सर्ज ग्नब्र्यले दुई-दुई गोल र एरिक मैक्सिमले एक गोल गरे। एफसी कोल्नका एलिस सिक्रीले एक गोल गरे।

खेलको १८ औं मिनेटमा एरिक मैक्सिमले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा रोबर्ट लेवान्डोव्स्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ४९ औं मिनेटमा एफसी कोल्नका एलिस सिक्रीले गोल गर्दै २-१ को स्थितिमा ल्याए । ६५ औं मिनेटमा रोबर्ट लेवान्डोव्स्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

खेलको ८२ औं मिनेटमा सर्ज ग्नब्र्यले गोल गर्दै टोलीलाई ४-१ ले अघि बढाए।लगत्तै,८६ औं मिनेटमा सर्ज ग्नब्र्यले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ५-१ को सानदार जित दिलाए ।

जितसँगै बायर्नले २३ खेलबाट ५२ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।पराजित एफसी कोल्नको २१ अंक छ १४ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi