neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पूर्वपर्यटनमन्त्री अधिकारीको सम्झनामा

पूर्वपर्यटनमन्त्री अधिकारीको सम्झनामा

Feb 27th, 2021

काठमाडौँ, १५ फागुन /रासस

फागुन १५ गते अर्थात आजैका दिन हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दिवङ्गत हुनुभएको थियो । यो दिनलाई स्मरण गर्दै आज स्व अधिकारीको जन्मस्थल पोखरा ९कास्की० लगायत देशका विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी उहाँको योगदानको स्मरण गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले ट्वीटमार्फत दिवङ्गत हुनुभएका अधिकारीसहितका व्यक्तिप्रति आज दोस्रो वार्षिक पुण्य तिथिका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गरेको छ । क्यानका महानिर्देशक राजन पोखरेलले ट्वीट पोष्ट गर्दै हेलिकप्टर दुर्घटनामा पर्ने तत्कालीन मन्त्री अधिकारीसहित अन्य विशिष्ठ व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्नुभएको छ ।

विसं २०७५ फागुन १५ गते ताप्लेजुङ्को फुङ्लिङस्थित सिस्नेभिरमा घटेको दुःखद् हेलिकप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री स्व अधिकारीसहित सरकारी उच्च अधिकारी तथा पर्यटन क्षेत्रका विशिष्ठ व्यक्तिको निधन भएको थियो । एयर डाइनेष्टीको नाइन एन एएमआई एएस ३५० बि थ्रीइ कलसाइनको हेलिकप्टर तेह्रथुमको चुहानडाँडामा औपचारिक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नपाको तारेडुङ्गा सिस्नेभिर क्षेत्रमा दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री अधिकारीसहित क्यानका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकप्टर चालक प्रभाकर केसीको निधन भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi