neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • १० वर्ष पूरा गरेका १५ शिक्षक कर्मचारी सम्मानित

१० वर्ष पूरा गरेका १५ शिक्षक कर्मचारी सम्मानित

Feb 26th, 2021

भक्तपुुर, फागुुन १४

ख्वप मावि र ख्वप कलेजमा १० वर्ष सेवा अवधि पूरा गरेका १५ जना शिक्षककर्मचारीहरु सम्मानित भएका छन् । ख्वप माविको २१ औं, ख्वप कलेजको १९ औं र शारदा क्याम्पस देकोचा भक्तपुरको शुक्रबार भएको ३० औं वार्षिकोत्सवको अवसरमा उनीहरु सम्मानित भएका हुन् ।

सम्मानित हुने शिक्षक कर्मचारीहरुमा अञ्जन छुस्यावाग, विमल प्रधान, केशब तमखू, सुरेन्द्रभक्त सुवाल, उज्वला सुवाल, ज्ञानेन्द्रप्रसाद गाईजू, कृष्णश्वरी सुवाल, राजकुमार बखुन्छे, उमा भट्ट, जयराम सुवाल, कृष्णराम किसी, राजेन्द्र सुवाल, सुभद्रा लघु, रामकृष्ण प्रजापति र कृष्णप्रसाद ग्वाछा रहेका छन् । उनीहरुलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितंले सम्मान गरेका हुन् ।

कार्यक्रममा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा चार वटै संकायमा दश जोड दुईदेखि स्नातकोतर तहसम्मको कक्षागत रुपमा उत्कृष्ट छात्रछात्राहरुलाई पनि पुरस्तकार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पनि पुरस्तकार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरुलाई संघीय साँसद् प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं नगरपालिकाद्धारा सञ्जालित ख्वप मावि, ख्वप कलेजलगायतका ख्वप सर्कलको व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, वागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी, महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारादेवी थापा, भक्तपुर नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत रामलाल श्रेष्ठ, राष्टिय परीक्षा बोर्ड काठमाडौं कार्यालयका कार्यालय प्रमुख जयन्ती सत्याल, भक्रपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतले आआफनो धारणा राखेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi