neapl investment mega bank
  • गृहपृष्ठ
  • अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

Feb 26th, 2021

काठमाडौ, फागुन १४

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यु आर कोड विस्तारित गर्ने क्रममा पशुपति क्षेत्र विकास कोषको संरक्षण तथा व्यवस्थापन रहेको सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यु आर कोड को सेवा आज शुक्रबारबाट सुरु गरेको छ । एक औपचारीक कार्यक्रमका बि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट समुद्घाटन भएको हो । उक्त कार्यक्रम पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल, बैंक अफ काठमाण्डू लिमिटेडको संचालक समिति अध्यक्ष प्रकाश श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको शुभारम्भमा सम्माननीय गभर्नर अधिकारीज्यूले डिजिटल दान पेटिकाको क्यु आर कोड स्क्यान गरी पशुपतिनाथ भगवानलाई डिजिटल तवरले दान गरी समुद्घाटन गरेका थिए । उक्त कार्यक्रममा सम्बोधन गर्दै गभर्नर अधिकारीले अब उपरान्त पशुपतिनाथ भगवानको मन्दिरमा दर्शन गर्न आउने सम्पूर्ण श्रद्धालु भक्तजनहरुले डिजिटल तवरले दान गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र पशुपति क्षेत्र विकास कोषलाई धन्यवाद ज्ञापन गरे । साथै, कार्यक्रमका प्रमुख अतिथि रहेका अधिकारीले नगद रहित कारोबारलाई नेपाल राष्ट्र बैंकले अभियानको रुपमा संचालन गरीरहेको जानकारी गराउँदै डिजिटल कारोबारबाट हुने आर्थिक एवं सामाजिक फाइदाहरुको बारेमा प्रकाश पारे ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै यस बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराए । साथै, उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले डिजिटल दान पटिकाले मन्दिर परिसर भित्रहुने दान तथा भेटीहरु व्यवस्थापनमा सहयोग पुग्ने भएकाले यस कार्यको लागि बैंक अफ काठमाण्डू लिमिटेडको प्रशंसा गरे । हालसम्म बैकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।