काठमाडौ, फागुन १४
सिद्घार्थ बैंक लिमिटेड र काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइड स्थितत्रिसारा रेष्टुरेन्ट एण्ड बार बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखरा र काठमाडौंमा रहेको त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्पmत खाना तथा बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिसतसम्मको छुट प्राप्त गर्न सक्नेछन । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु तथा क्यासब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।