neapl investment mega bank
  • गृहपृष्ठ
  • मञ्जुुश्री फाईनान्सद्धारा क्युआर कोड मार्फत भुक्तानी सेवा सुरु

मञ्जुुश्री फाईनान्सद्धारा क्युआर कोड मार्फत भुक्तानी सेवा सुरु

Feb 26th, 2021

काठमाडौ, फागुुन १४

मन्जुश्री फाईनान्स लिमिटेडले डिजिटल बैकिंङलाई प्रभाबकारी बनाउने उद्देश्यले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ । फाईनान्सले यही फागुन १३ गते विहिवारवाट क्युआर कोड भुक्तानीको सेवा सुचारु गरेकोले आफनो गा्रहकहरुको सुबिधाकोे लागि स्मार्ट टेलरद्वारा भुक्तानीको सेवाप्रारम्भ गरी गा्रहकहरुले आफ्नो मोवाइल बैकिंङ एपबाट क्युआर स्क्यान गरी आफ्नो बचत खाताबाट बिना चेक नै एक लाख रुपैयाँसम्मको भुक्तानी सेवा लिन सकनेछन ।

यसै सिलशिलामा मन्जुश्रीले पहिलो क्युआर कोड नयाँ बानेश्वर स्थित “जय बाराही टे«डर्स” लाई प्रदान गरेको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फाईनान्सले क्युआर कोड सुविधा सुचारु गरको हो । फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स, मोबाइल बैंकिङ्ग, एटिम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलब्ध गराउदै आएको छ ।