neapl investment mega bank
  • गृहपृष्ठ
  • निक्षेप २० अर्बले बढ्दा कर्जा झन्डै १ खर्बले बढ्यो, आयात र व्यवसाय सञ्चालनका लागि जान थाल्यो ऋण

निक्षेप २० अर्बले बढ्दा कर्जा झन्डै १ खर्बले बढ्यो, आयात र व्यवसाय सञ्चालनका लागि जान थाल्यो ऋण

Feb 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, फागुन १४

पछिल्लो समय बैक तथा वित्त संस्थाले आक्रामक रुपमा कर्जा बिस्तार गरेका छन् । एक महिनाको समयमा २० अर्ब निक्षेप बढ्दा कर्जा भने झन्डै एक खर्बले बढेको देखिएको छ ।नेपाल बैंकर्स संघका अनुसार माघको पहिलो हप्तामा बैंक तथा वित्त सस्थासँग ३७ खर्ब ७९ अर्ब निक्षेप रहेको थियो । तर, फागुनको पहिलो सातामा आउँदा यस्तो निक्षेप २० अर्बले बढेर ३७ खर्ब ९९ अर्ब पुगेको छ ।

यता कर्जा भने यहि समयमा ९९ अर्बले बढेको छ । माघको पहिलो सातामा ३२ खर्ब ३६ अर्ब रहेको कर्जा अहिले बिस्तार भएर ३३ खर्ब ३५ अर्ब पुगेको छ । पछिल्लो समय आयात बढेको छ । जसका कारण ठूलो मात्रामा कर्जा आयातका लागि गएको छ । त्यस्तै महामारीका थलिएका ब्यापारीहरुले पछिल्लो समय कर्जा लिएरै भएपनि ब्यापार बिस्तार गर्न थालेका छन् । साथै केहिले ऋण लगेर व्यवसाय सञ्चालन गर्न लागेका छन् ।

जसका कारण पछिल्लो समय निक्षेप अपेक्षित रूपमा बढ्न सकेको छैन भने कर्जा विस्तार उच्च छ ।यहि दरमा कर्जा बिस्तार हुँदै जाने हो भने आगामी दिनमा तरलतामा चाप पर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । यसरी निक्षेप र कर्जाको वृद्धिदरबीचको अन्तर बढ्दै गए लगानीयोग्य रकम अभाव हुनसक्ने देखिन्छ।

भदौ, असोज र कात्तिक दोस्रो सातासम्म बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार हुन सकेको थिएन । सो समयमा त बैंकबाट कर्जा जाने होइन कि केहि समयमा त कर्जा नै फिर्ता भएको स्थिती थियो । तर यता निक्षेप भने उच्च मात्रामा बढेको थियो । जसका कारण नै दोस्रो त्रैमासमा अधिकाशं बैंकहरुको नाफा गत वर्षको तुलनामा घटेको देखिएको थियो ।

अहिले नै बैंकहरुको कर्जा पुँजी निक्षेप अनुपात अर्थात सिसिडी रेसियो ७६ प्रतिशतको हाराहारीमा रहेको छ। अर्थात बैंकहरुले ऋण दिन सक्ने रुम हुँदाहुँदै पनि ठूलो मात्रामा कर्जा बिस्तार गर्न सक्ने भने उनिहरुसँग ठाउँ छैन ।

त्यस्तै केहि समययता देखि सेयरबजार निरन्तर बढि रहेको छ । महामारीका बिचमा खुलेको सेयरबजारले नै आफ्नो रेकर्ड तोडेर एतिहासिक बिन्दु कायम गरेको छ । जसका कारण लगानीकर्ता हौसिएका छन् ।

यता बैंकमा अधिक तरलताका कारण ब्याजदर पनि सस्तो भएको छ । सस्तो ब्याजदरमा ऋण लिएर बढेको सेयरबजारमा लगानी गर्न पाएका कारण पनि ऋण प्रवाह ह्वात्तै बढेको हो ।