neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा,औबामेयांगले गरे दुई गोल

आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा,औबामेयांगले गरे दुई गोल

Feb 26th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन १४

आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा आर्सनलले बेनफिकालाई ३-२ को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

आर्सनललाई जित दिलाउन पियरे एम्रिक औबामेयांगले दुई र किएरन टिएर्नेयले एक गोल गरे।बेनफिकाको डियोगो गोनाल्भेज र राफा सिल्भाले एक एक गोल गरे।

खेलको २१ औं मिनेटमा औबामेयांगले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । ४३ औँ मिनेटमा बेनफिकाको डियोगो गोनाल्भेजले गोल गर्दै बराबरीमा ल्याए ।

दोस्रो हाफको ६१ औं मिनेटमा बेनफिकाका राफा सिल्भाले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए। तर, ६७ औं मिनेटमा आर्सनलका किएरन टिएर्नेयले गोल गर्दै बराबरीमा ल्याए । त्यसपछि खेलको ८७ औं मिनेटमा आर्सनलका पियरे एम्रिक औबामेयांगले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

जितसंगै आर्सनल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi