neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पहिलो लेगमा रियल मड्रिडको कठिनाई जित

Feb 25th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन १३

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा कठिनाई  जित निकालेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले १० खेलाडीमा सिमित एट्लान्टालाई उसकै घरेलु मैदानमा १-० गोलले पराजित गरेको हो ।

रियल मड्रिडलाई जित दिलाउन फर्ल्यान्ड मेन्डीले निर्णायक गोल गरे । मेन्डीले दोस्रो हाफको ८६ औं मिनेटमा लुका मोड्रिचको पासमा गोल गरेका हुन् ।

खेलको १७ औं मिनेटमा एट्लान्टाका रिमो फ्रिलरले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लान्टा १० खेलाडीमा समेटिएको थियो ।

अब दोस्रो लेग मार्च १६ मा रियल मड्रिडको घरेलु मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi