neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

म्यानचेस्टर सिटीको सहज जित

Feb 25th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन १३

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले मोन्चेनग्लाडबाखलाई २-० गोलले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भा र गेब्रियल जिससले एक एक गोल गरे।

खेलको २९ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६५ औँ मिनेटमा गेब्रियल जिससले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।

अब दोस्रो लेग मार्च १६ मा म्यानचेस्टर सिटीको घरेलु मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi