neapl investment mega bank
  • गृहपृष्ठ
  • महासंघ र श्रम मन्त्री बीच भेटवार्ता , सरकार निजी क्षेत्र मिलेर तालीम संचालन गर्ने श्रम मन्त्री चौधरीको प्रतिवद्धता

महासंघ र श्रम मन्त्री बीच भेटवार्ता , सरकार निजी क्षेत्र मिलेर तालीम संचालन गर्ने श्रम मन्त्री चौधरीको प्रतिवद्धता

Feb 24th, 2021

काठमाडौ, फागुन १२

नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्त बहादुर हमाल,सदस्य सीताराम रेग्मी, महासंघका पूर्वकारिणी समिति सदस्य कमला श्रेष्ठ सहितको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय गौरीशंकर चौधरीसंग मन्त्रालयमा भेटी सरकार र नीजि क्षेत्रको सहकार्यमा सीपमुलक तालिम संचालन गर्नुपर्नेमा जोड दिएको छ ।

भेटका अवसरमा महासंघका तर्फबाट सीपमुलक तालिमको लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठुलो रकम खर्च हुने गरेपनि नीजि क्षेत्रको माग अनुसार दक्ष एवं सीपयूक्त जनशक्ति पाउन कठिनाई भईरहेको कुरा सो अवसरमा उठाइयो ।

भेटमा सभापति ढकालले एकातिर मुलुकभित्र संचालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउंदा ठूलो समस्या भएको र अर्कोतिर विनाकुनै शीप कामका लागि विदेशीने यूवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि शीपयुक्त जनशक्ति विकासका लागि तत्काल तालीम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा मन्त्री चौधरीले नीजि क्षेत्रको सुझाव अनुसार सीपमुलक तालिम संचालन गर्ने सरकारको योजना रहेकोले महासंघवाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमुलक तालिम सन्चालन गर्ने प्रतिवद्धता जनाउनु भयो ।