neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पहिलो लेगमा बायर्नको सानदार जित

Feb 24th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन १२

जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा सानदार जित निकालेको छ ।मंगलबार राति भएको खेलमा बायर्न म्युनिखले लाजियोलाई उसकै मैदानमा ४-१ गोलले पराजित गरेको हो ।

बायर्न म्युनिखलाई जित दिलाउन रोबर्ट लेवान्डोव्स्की,जमाल मुसियाला र लोरी सानेले एक-एक गोल गरे भने बायर्नले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।

खेलको नवौं मिनेटमा रोबर्ट लेवान्डोव्स्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।२४ औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ४२ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई पहिलो हाफमा ३-० ले अघि बढाए

दोस्रो हाफको ४७ औं मिनेटमा लाजियोका फ्रान्सेस्को एसरबीले आत्मघाती गोल गरेपछि बायर्न ४-० ले अघि बढ्यो। त्यसको २ मिनेटपछि लाजियोका जोआक्विन कोरियाले एक गोल फर्काएका थिए। त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र बायर्नले जित निकालेको हो ।

अब दोस्रो लेग मार्च १७ मा बायर्नको घरेलु मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi