आधारभूमि संवाददाता
काठमाडौं, फागुन १२
एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा चेल्सीसँग पराजित भएको छ। मंगलबार राति भएको खेलमा चेल्सीले एट्लेटिको मड्रिडलाई १-० गोलले पराजित गरेको हो ।
चेल्सीलाई जित दिलाउन ओलिभियर गिरौदले निर्णायक गोल गरे । गिरौदले दोस्रो हाफको ६८ औं मिनेटमा गोल गरेका हुन् ।
अब दोस्रो लेग मार्च १७ मा चेल्सीको घरेलु मैदानमा हुनेछ ।