neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रजातान्त्रिक मूल्य मान्यता जोगाउन चुनौती: कमल थापा

प्रजातान्त्रिक मूल्य मान्यता जोगाउन चुनौती: कमल थापा

Feb 23rd, 2021

काठमाडौँ, ११ फागुन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातान्त्रिक मूल्य मान्यता जोगाउन चुनौती रहेको वताएका छन् । प्रतिनिधि सभाको विघटन सम्बन्धि सर्वोच्च अदालतले बदर गर्ने निर्णय बारे सामाजिक सञ्जालमा लेख्नु हुन्छ :

प्रतिनिधिसभा विघटन सम्वन्धि सर्वोच्च अदालतको फैसला वारे तर्क वितर्क गर्न सकिन्छ। तर, संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्विकार गर्नुपर्छ।यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्य गर्न ताजा जनादेश उपयुक्त हो ।विघटन सम्वन्धि विवाद तत्कालका लागि अन्त भएको छ । तर, प्रतिनिधिसभा पुनर्स्थापना संगै सांसद किनबेच, अपवित्र गठबन्धन एवं अस्थिरता र अराजकताको नयाँ श्रृंखला शुरूहुने संभावना बढेको छ।यो फैसलाले प्रजातान्त्रिक मूल्य मान्यता कसरी जोगाउने नयाँ चुनौती खडा भएको छ ।