neapl investment mega bank
  • गृहपृष्ठ
  • अडानको पाचौ केन्द्रिय परिषद फागुन २८ मा हुने

अडानको पाचौ केन्द्रिय परिषद फागुन २८ मा हुने

Feb 22nd, 2021

काठमाडौ, फागुन १०

नेपाल अडिटर्श एशोसियसन (अडान) को पाचौ परिषद देश ब्यापी रुपमा भैरहेको छ । लेखापरीक्षकहरुको पेशागत संगठन अडान बिगत झण्डै दुई दशक देखि क्रियासिल रहेको छ । नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका सदस्यहरु मात्र यस संस्थामा सदस्य हुन पाउने ब्यबस्था छ । बिगतमा राष्टिय अधिबेसन पछि क्षेत्रिय परिषद गरिन्थ्यो तर संघियताको कार्यान्वयन पछि सांगठनिक रुपमा पनि परिबर्तन भएको छ । जिल्ला, प्रदेश र केन्द्र गरी तिन तहमा संगठन चलायमान भएको छ ।

पाचौ परिषद गर्ने संस्थाको निर्णय बमोजिम यसपटक प्रदेश नं २ को जनकपुर, बाग्मती प्रदेशको चितवन र कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश परिषद सम्पन्न भैसकेका छन भने आगामी फाल्गुण १५ गते लुम्बीनी प्रदेशको बुटवल, गण्डकी प्रदेशको पोखरा, सुदुर पश्चिम प्रदेशको धनगढीमा प्रदेश परिषद हुदैछ । त्यस्तै यहि फाल्गुण १९ गते काठमाण्डाको अल्फा हाउसमा उपत्यका प्रदेशको र फागुन २२ गते प्रदेश नम्बर १ को बिराटनगरमा प्रदेश परिषद सम्पन्न गरी २०७७ फागुन २८ गते काठमाण्डौको कार्कि बैकटमा केन्द्रिय परिषद हुने कार्यक्रम रहेकोछ ।

केन्द्रिय परिषदमा बिधान बमोजिम सबै प्रदेश तथा जिल्लाका प्रतिनिधिहरु, र पर्यबेक्षकहरुको उपस्थिती रहने छ । अडानका ६५ जिल्ला कार्य समिति र ८ वटा प्रदेश समिति छन् ।
परिषदमा पाचौ राष्ट्रिय महाधिबेसन भैसकेपछिका १८ महिना भित्र गरेका सांगठनिक एबं आर्थिक गतिबिधिका प्रतिबेदनहरु र जल्दाबल्दा पेशागत मुद्याहरुमा छलफल गरी पारीत गर्ने कार्यक्रम रहेको संस्थाका प्रचार बिभागका संयोजक एबं उपाध्यक्ष डोल प्रसाद दाहालले जानकारी दिनु भएको छ ।