काठमाडौ, फागुुन १०
काठमाडौ महानगर पालिका वडा नं. २८ मा केन्द्रिय कार्यालय रहेको नेपाल फाइनान्स लिमिटेडले आफ्नो चौथो शाखा कार्यालय मिति २०७७ फागुन ९ गते देखि रुपन्देहि जिल्लाको सैनामैना न.पा.को मुर्गिया बजारमा शुभारम्भ गरेको छ । कार्यक्रमको शुभारम्भ संस्थाका संचालक दिप्रश शाक्य गरेका हुुन । कार्यक्रममा संस्थाका संचालक राजन प्रजापती , प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।
निजि क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका २८ कमलादीमा केन्द्रिय कार्यालय सहित ललितपुरको पुल्चोक र काभ्रेपलाञ्चोको बनेपामा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ ।
त्यसैगरी नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरीसकेको छ । ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्ता पूँजी करिब ५५ करोड पुग्ने छ भन एक बराबर एक दसमलव ७५ दरले हकप्रद शेयर जारीका लागि नेपाल राष्ट्र बैकबाट स्वीकृत प्राप्त गरीसकेको छ ।
त्यसैगरी यस संस्थाले कास्कीको माच्छापुच्छे« गाउपालिका , बर्दाघाट सुस्तापूर्वको गैडाकोट , जनकपुरको धनुषाधाम ,हेटौडामा शाखा कार्यालय र काठमाडौको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर पनि यसै आ.ब.मा संचालनमा ल्याउने गरी तयारी गरिसकेको छ । यस संगै संस्थाले १० स्थानबाट आफ्नो सेवा प्रवाह गर्ने छ साथै सम्पूर्ण डिजिटल बैंकिग सेवा समेत छिट्टै संचालनमा ल्याउने गरी तयारी गरीसकेको छ ।