neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रपति भण्डारीद्धारा महान्यायधिवक्ता खरेलको कार्यकालको समिक्षा

राष्ट्रपति भण्डारीद्धारा महान्यायधिवक्ता खरेलको कार्यकालको समिक्षा

Feb 22nd, 2021

काठमाडौं, फागुुन १०

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम अग्नि प्रसाद खरेल महान्यायाधिवक्ताको पदमा नियुक्त भई मिति २०७४।११।८ गतेदेखि कार्य प्रारम्भ गरेको तीन वर्ष पूरा भएको अवसरमा कार्यकालको समिक्षा गरिएको छ । आईतबार दिउँसो महान्यायाधिवक्ताको कार्यालयको गौतम बुद्ध सभाहलमा तीन वर्षको कार्यकालको समीक्षा, भावी कार्यक्रमको घोषणा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा सर्वोच्च अदालतका न्यायाधीश तथा पूर्व महान्यायाधिवक्ता हरि फूयाल, न्याय परिषदका सदस्य तथा पूर्व महान्यायाधिवक्ता लक्ष्मीबहादुर निराला, सर्वोच्च अदालतका पूर्व न्यायाधीश एवम् पूर्व महान्यायाधिवक्ता पवन कुमार ओझा, पूर्व महान्यायाधिवक्ताहरु सुशील पन्त, महादेव यादव, वसन्तराम भण्डारी, मुक्ती प्रधान, उच्च अदालत पाटनका मुख्य न्यायाधीश तथा पूर्व नायब महान्यायाधिवक्ता कुमार चुडाल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लाल बहादुर कुँवर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, बेपत्ता पारीएका व्यक्तिको छानविन आयोगका अध्यक्ष तथा पूर्व नायब महान्यायाधिवक्ता युवराज सुवेदी, नेपाल न्याय सेवाका सचिवहरु, नायब महान्यायाधिवक्ताहरु, नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार एशोशियसनका अध्यक्ष पूर्णमान शाक्य, पूर्व नायब महान्यायाधिवक्ताहरु टिका बहादुर हमाल, नरेन्द्र कुमार पाठक, चेतनाथ घिमिरे, सुर्य प्रसाद कोइराला, नन्द बहादुर सुवेदी, बद्री प्रसाद गौतम, दुर्गाबन्धु पोखरेल, गणेशबाबु अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतम, सहन्यायाधिवक्ताहरु राष्ट्रिय न्यायिक प्रतिष्ठानका निर्देशकका पदाधिकारी, सरकारी वकीलहरु एवम् कर्मचारीहरु गरी एक सय ७५ जनाजतिको सहभागिता रहेको थियो ।

सो अवसरमा माननीय महान्यायाधिवक्ताबाट अभियोजन नीति तथा मार्गदर्शन, २०७७ र मौलिक हक कार्यान्वयनको क्रममा सर्वोच्च अदालतबाट भएका व्याख्या र प्रतिपादन भएका सिद्धान्त एवम् आदेशहरुको कार्यान्वयनको अवस्था, २०७७ विमोचन गरिएको थियो । विमोचन पश्चात पुस्तकहरुका सम्बन्धमा सहन्यायाधिवक्ता लोकराज पराजुली र सहन्यायाधिवक्ता संजीवराज रेग्मीले प्रकाश पारेका थिए ।

कार्यक्रममा महान्यायाधिवक्ताको पदबहाली भएपश्चात सम्पन्न भएका काम र हासिल भएका उपलब्धिहरुको बारेमा वरिष्ठतम् नायब महान्यायाधिवक्ता पद्म प्रसाद पाण्डेयले संक्षिप्त प्रस्तुती राखेका थिए भने नेपाल बार एशोशिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लाल बहादुर कुँवरले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा महान्यायाधिवक्ता खरेलले भावी कार्यक्रमको रुपरेखा प्रस्तुत गरेका थिए । सोही अवसरमा महान्यायाधिवक्ताले महान्यायाधिवक्ताको कार्यालयको पुनर्निर्माणमा सहयोग पुर्याउने व्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।