आधारभूमि संवाददाता
काठमाडौँ,१० फागुन
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले १० अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा सिटीले आर्सनललाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।
सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । स्ट्रर्लिङले खेलको दोस्रो मिनेटमा रियाद महरेजको पासमा गोल गरेका हुन् ।
जितसँगै सिटीले २५ खेलबाट ५९ अंक जोडेको छ र शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।पराजित आर्सनलको २५ खेलबाट ३४ अंक छ र १० औं स्थानमा छ ।