neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मिलान डर्बी : इन्टरको सानदार जित

Feb 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, फागुुन १०

इटालियन सिरी (ए) फुटबलमा इन्टर मिलानले सानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा इन्टर मिलानले एसी मिलानलाई ३-० गोलले पराजित गरेको हो ।

इन्टर मिलानलाई जित दिलाउन लाउटरो मर्टिनेजले दुई र रोमेलु लुकाकुले एक गोल गरे।

खेलको पाँचौ मिनेटमा मर्टिनेजले गोल गर्दै इन्टर मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५७ औं मिनेटमा मर्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।त्यसपछि खेलको ६६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई ३-० को सानदार जित दिलाए ।

जितसंगै इन्टर मिलानले २३ खेलबाट ५३ अंक जोडेको छ र शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । पराजित एसी मिलानको २३ खेलबाट ४९ अंक छ र दोस्रो स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi