neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजी घरेलु मैदानमा पराजित

फ्रेन्च लिग वान फुटबलमा पीएसजी घरेलु मैदानमा पराजित

Feb 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, फागुुन १०

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा पराजित भएको छ ।आइतबार राति भएको खेलमा मोनाकोले पीएसजीलाई उसैको मैदानमा २-० गोलले पराजित गरेको हो ।

मोनाकोलाई जित दिलाउन सोफियन डायप र गिइलर्मो मारिपनले एक-एक गोल गरे ।

खेलको छैटौं मिनेटमा सोफियन डायपले गोल गर्दै मोनाकोलाई सुरुवाती अग्रता दिलाएका थिए।त्यसपछि दोस्रो हाफको ५१ औं मिनेटमा गिइलर्मो मारिपनले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसंगै मोनाको फ्रेन्च लिग वान फुटबलको चौंथो स्थानमा उक्लिएको छ । मोनाकोले २६ खेलबाट ५२ अंक जोडेको छ। पराजित पीएसजीको २६ खेलबाट ५४ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi