neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बार्सिलोना काडिजसँग बराबरीमा रोकियो

Feb 21st, 2021

आधारभूमि संवाददाता

काठमाडौ, फागुुन ९

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना काडिजसँग बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनालाई काडिजले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा बार्सिलोनाको लागि लियोनल मेस्सीले एक गोल गरे भने काडिजको एलेक्स फर्नान्डेजले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता बार्सिलोनाले लिएको थियो । खेलको ३२ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ८९ औं मिनेटमा काडिजका एलेक्स फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा रोकिएको हो ।

बराबरीसँगै बार्सिलोनाले २३ खेलबाट ४७ अंक जोडेको छ र तेस्रो स्थानमा छ ।काडिजको २५ अंक छ र १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi