neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

शीर्ष स्थानको बायर्न म्युनिख पराजित

Feb 21st, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन ९


जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख फ्र्यांकफर्टसँग पराजित भएको छ। शनिबार राति भएको खेलमा फ्र्यांकफर्टले बायर्न म्युनिखलाई २-१ गोलले पराजित गरेको हो ।

फ्र्यांकफर्टलाई जित दिलाउन दाइची कामदा र एमिन यूनेसले एक एक गोल गरे ।बायर्नको रोबर्ट लेवान्डोव्स्कीले एक गोल फर्काए ।

खेलको १२ औं मिनेटमा दाइची कामदाले गोल गर्दै फ्र्यांकफर्टलाई सुरुवाती अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा एमिन यूनेसले गोल गर्दै फ्र्यांकफर्टको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५३ औं मिनेटमा बायर्नका रोबर्ट लेवान्डोव्स्कीले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र फ्र्यांकफर्टले जित निकालेको हो ।

हारपछि पनि बायर्न शीर्ष स्थानमा छ।बायर्नको २२ खेलबाट ४९ अंक छ । फ्र्यांकफर्टको २२ खेलबाट ४२ अंक छ र चौंथो स्थानमा उक्लिएको छ ।दोस्रो स्थानको आरबी लेपजिगको २१ खेलबाट ४४ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi