neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लिभरपुल एभर्टनसँग पराजित

Feb 21st, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन ९


इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल एभर्टनसँग पराजित भएको छ। शनिबार राति भएको खेलमा एभर्टनले लिभरपुललाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो ।

एभर्टनलाई जित दिलाउन रिचार्लिसन र गिल्फ सिगुर्डसनले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको ८३ औं मिनेटमा गिल्फ सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र एभर्टनले जित निकालेको हो ।

जितसंगै एभर्टन इंग्लिस प्रिमियर लिग फुटबलको सातौं स्थानमा उक्लिएको छ । एभर्टनले २४ खेलबाट ४० अंक जोडेको छ। पराजित लिभरपुलको २५ खेलबाट ४० अंक छ र छैटौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi