neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चेल्सी साउथह्याम्पटनसँग बराबरीमा रोकियो

चेल्सी साउथह्याम्पटनसँग बराबरीमा रोकियो

Feb 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, फागुुन ८

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ ।शनिबार राति भएको खेलमा चेल्सीलाई साउथह्याम्पटनले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा चेल्सीको लागि मेसन माउन्टले एक गोल गरे भने साउथह्याम्पटनको टाकुमी मिनामिनोले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता साउथह्याम्पटनले लिएको थियो । खेलको ३३ औं मिनेटमा टाकुमी मिनामिनोले गोल गर्दै साउथह्याम्पटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५४ औं मिनेटमा चेल्सीका मेसन माउन्टले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा रोकिएको हो ।

बराबरीसँगै चेल्सी चौंथो स्थानमा उक्लिएको छ र चेल्सीको २५ खेलबाट ४३ अंक छ ।साउथह्याम्पटनको ३० अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi