neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण

Feb 19th, 2021

काठमाडौ, फागुुन ७

सिद्घार्थ बैंक लिमिटेडले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले आज शुुक्रबार गोंगबु शाखा प्राङ्गणमा एक समारोह आयोजना गरी गोंगबु क्षेत्रका नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भुनाथ गौतम, गोंगबु शाखा प्रबन्धक मिनबहादुर चौलागाई, नेपाली होटल व्यवसायी संघका महासचिप गणेश ढकाल साथै होटल व्यवसायी सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुुख कार्यकारी अधिकृत गौत्तमले श्रमिक गेष्ट हाउसमा क्यूआर कोडमार्फत भुक्तानी गरी कार्यक्रम सम्पन्न गरेका हुुन ।

उक्त क्यू आर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले नेपाली होटल व्यवसायी संघ अन्तर्गतमा रहेका होटल तथा लजहरुमा आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी होटल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन । बैंकले हाललाई ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ र आगामीदिनहरुमा होटल सङ्ख्या थप गर्ने कार्यलाई निरन्तरता दिदैँ जाने योजना बैंकको रहेको छ ।

नगदरहित कारोबार प्रवद्र्घन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममार्फत साना तथा मझौला उद्यमीहरु डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन हुने विश्वास बैंकले लिएको छ ।