काठमाडौ, फागुन ७
शुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘शुर्या चौरासी पुजा ’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ आज एक कार्यक्रमकाबिच इन्स्योरेन्सले योयोजना बजारमा ल्याएको हो । बीमा योजनाको शुभारम्भ शताब्दी पुरुष सत्यमोहन जोशीले उद्घाटन गरेका हुुन ।
यस योजनामा बीमीतको उमेर चौरासी वर्षपुग्दासम्म रक्षावरण गर्नेछ भने ‘शुर्या चौरासी पुजा’ बीमा योजनाले बीमाङ्कको दुुई सय ५० प्रतिशत सम्म बीमा कभर पर्दान गर्नेछ । साथै बीमितले बीमा शुल्क भुक्तानी अवधि पश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको छ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुनेछ । अन्नततःबीमितको उमेर ८३ पुरा भइ ८४ मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको एक सय ५० प्रतिशत रकम बिमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवकारुपमा धुमधामका साथ मनाउन सक्नेछन् ।
शुर्या चौरासी पुजा ’ बीमा योजना १६ वर्ष देखी ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्म बीमा शुल्क भुक्तानी अवधिका लागि खरीद गर्न सक्नेछन् । न्युनतम एक लाख रुपैयाँ बीमाङ्कक तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ, भने बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधिभर बीमा सर्मपण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशिले सूर्या लाइफ इन्स्योरेन्सले यो योजनाको शुभारम्भ गरेकोमा खुशी व्यक्त गदै सफलताको शुभकामना दिएका छन् । साथै उनले आगामी दिनमा यस योजनाले बृद्ध, बृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताए । जोशीले चौरासी पुजा के हो? कस्तो हो भन्ने विषयमा जोशीले प्रकाश पारेका थिए ।
यस्तै कार्यक्रममा शुुर्या लाइफ इन्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत कम्पनीका सिओ कमल कुमार खतिवडाले स्वागत गर्नुका साथै ‘शुर्या चौरासी पुजा ’नामक नयाँ बीमा योजनाका बारेमा प्रकाश पारेका थिए । प्रमुख खतिवडाले आगामीदिनमा यो योजनामा आफुहरु सधैं प्रयत्नशिल रहने बताए । विगतका कार्यलाई आत्मासाथ गर्दै अगाडि बढ्ने दृढता पनि उनले व्यक्त गरे ।
यस्तै कम्पनीका संस्थापक शेयरधनी विवेक झाले यो बीमा योजना करिब ५ वर्षदेखि सन्चालनमा रहेको र दुई वर्षपछि मात्रै यसमा केहि परिवर्तन आएको बताए । अब यस बीमा योजनाले भविष्यमा ठूलो फड्को मार्ने उनले बताए । बीमा बजारमा अरुको पछाडि नलागेर आफंै दिन र लीन सक्नु पर्ने वातावरण नभएको बताउँदै उनले यस्तो वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘निड अनुसारमा बीमा बजारमा ल्याउन जरुरी छ, जुन प्रोडक आफैलाई किनौ किनौ लाग्छ त्यो बिमा नै बिक्छ ।’
साथै कम्पनीले सोही कार्यक्रममार्फत शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान समेत गरेको छ । यस्तै कम्पनीले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गतः निःसहाय सेवा प्रदान, शान्तिनगरलाई तिन दिनको खर्च बाराबरको रकम सहयोग समेत गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम शताब्दी पुरुष सत्यमोहन जोशी, कम्पनीका ब्रान्ड एम्बेसडर गायिका इन्दिरा जोशि, कम्पनीका संस्थापक शेयरधनी विवेक झा, कम्पनीका अध्यक्ष केशब प्रसाद भट्टराईले संयुक्त रुपमा शुर्या चौरासी पुजा बीमा योजनाको अनावरण गरेका थिए ।
कार्यक्रममा कम्पनीका संचालक समितिका सदस्यहरु, कम्पनीकम संस्थापक शेयरधनी , निमित्त प्रमुख कार्यकारी पवन कुमार खड्का लगायत विभागीय प्रमुखहरुको सहभागीता रहेको थियो ।