neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी बल, नेपालबारे विविध विषयमा प्रशिक्षण

नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजका प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी बल, नेपालबारे विविध विषयमा प्रशिक्षण

Feb 18th, 2021

काठमाडौं, फागुुन ६

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा फागुन ६ गते नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा संचालित सि.सं. २७ ‘कमाण्ड तथा स्टाफ कोर्ष’का प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी बल, नेपालको सम्बन्धमा विविध बिषयमा प्रशिक्षण प्रदान गरिएको छ ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस्ता कार्यक्रमहरुको आयोजनाले एक अर्का सुरक्षा संगठनहरुबीच सुमधुर सम्बन्ध कायम राख्न सहयोग पु¥याउने उल्लेख गर्नुहुँदै कार्यक्षेत्रमा खटिँदा आ–आफ्नो भूमिका स्पष्ट रुपमा निर्वाह गर्न समेत सघाउ पुग्ने बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेतृत्व क्षमता तथा कार्यकुशलता अभिबृद्धिमा विशेष भूमिका खेल्ने सो कोर्षमा आफू सहभागी रहँदाको अनुभव स्मरण गर्नुहुँदै उक्त कोर्षका प्रशिक्षार्थीहरुलाई आगामी दिनहरुमा व्यवसायीक जीवनमा पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडामगरले सशस्त्र प्रहरी बल, नेपालको पृष्ठभूमी, म्याण्डेट, सशस्त्र प्रहरी बल, नेपालको संरचना, देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल, नेपालको परिचालन, सीमा सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको प्रविधि, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन तथा उपलब्धी, हालका विविध सुरक्षा चुनौतीहरु लगायत शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय मि
शनमा सशस्त्र प्रहरी बल, नेपालको परिचालन लगायतका विविध विषयहरुमा प्रस्तुतीकरण मार्फत प्रशिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण प्रदान गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडामगरले प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल, नेपालको कामकारवाही सम्बन्धमा राखेको जिज्ञासाहरुबारे प्रष्ट पार्नुभएको थियो ।

प्रशिक्षार्थी अधिकृतहरुले सोही अवसरमा सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनको लागि प्रयोगमा ल्याएको विभिन्न विपद् व्यवस्थापन सामाग्रीहरुको समेत अवलोकन तथा सो बारे जानकारी लिएका छन् ।

सो कोर्षमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, संयुक्त राज्य अमेरीका, बेलायत, नाईजेरिया, श्रीलंका, पाकिस्तान र बंगलादेशका गरी कुल ६९ जना प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको छ । कार्यक्रममा सो कोर्षका सिनियर ईन्स्ट्रक्टर महासेनानी बिमलराज शर्मा लगायत नेपाली सेना तथा सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi