काठमाडौ, फागुुन ६
महालक्ष्मी विकास बैंकले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको काठमाडौं महानगरपालिकावडा नं. ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई बिद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैकले आज बिहिबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यव्रmममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपान्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाखको चेक हस्तान्तरण गरेकी हुुन । उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालिकाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेकी थिईन ।
बैकले हाल देशभर १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामीदिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यव्रmमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।