neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सेरेना विलियम्स अस्ट्रेलियन ओपनबाट बाहिर

सेरेना विलियम्स अस्ट्रेलियन ओपनबाट बाहिर

Feb 18th, 2021

मेलबोर्न, ६ फागुन /रासस/एएफपी

अस्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फ बिहीबार सम्पन्न सेमिफाइनल खेलमा नाओमी ओसाकाले सेरेना विलियम्सलाई पराजित गरेकी छिन् । चौबीसौं ग्रान्डस्लामको खोजीमा रहेकी सेरेना रड लाभर एरेनामा ६–३, ६–४ को सोझो सेटमा पराजित भएकी थिइन् ।

अब फाइनलमा ओसाकाले अमेरिकी जेनिफर ब्राडी वा चेक गणतन्त्रकी कारोलिना मुचोभामध्ये एकसँग शनिबार खेल्नेछिन् । ओसाकाको यो चौथो ग्रान्डस्लाम उपाधिका लागि भिडन्त हुनेछ । चार वर्षअघि गर्भवती रहेकै बेला विलियम्सले एउटा ग्रान्डस्लाम जितेकी थिइन् । त्यसयता उनी सन् २०१८ मा युएस ओपनमा ओसाकासँगै विवादास्पद फाइनलमा पराजित भएकी थिइन् ।

जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै ओसाकाले आफूले शुरुमा केही गल्ती गरेको र आफू साँच्चिकै अत्तालिएको र डराएको बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi