काठमाडौ, फागुन ६
नेप्से आज बिहिबार पनि बढेको छ । आज नेप्से २५ दसमलव २३ अंकले बढेर २६ सय ३६ दसमलव ६८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव ७७ अंकले बढेर चार सय ८१ दसमलव ७८ अंकमा चढेको छ । आज दुुई सय छ वटा कम्पनीहरुको ९० हजार दुई सय दुुई वटा कारोवारमा एक करोड ९६ लाख ४६ हजार पाँच सय ७८ कित्ता सेयर किनबेच हुंदा आठ अर्ब ७६ करोड २१ लाख ४६ हजार सात सय ८५ रुपैयाँको कारोवार भएको छ ।
आज १२ वटा समुहको कारोवार हुंदा तीन वटा समुहले गुमाएकाछन भने बाँकी समुहको कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २३ दसमलव ३७ अंकले बढेर १९ सय ३६ दसमलव ६६ अंकमा पुुग्दा बिकास बैंक, जलबिद्युुत, फाईनान्स, टे«डिङ, होटल, उत्पादनमुुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन । निर्जिवन बीमा समुहको सुचक भने आज ५० दसमलव तीन अंकले घटेर १३ हजार एक सय ८९ दसमलव २५ अंकमा पुुग्दा जीवन बीमा र लघुुबित्त समुहको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नेपाल हाईड्रो डेभलपर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मिर्मिरे लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक परेको छ ।