neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

शीर्ष स्थानको सिटीलाई १० अंकको अग्रता

Feb 18th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,६ फागुन

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले १० अंकको अग्रता बनाएको छ । बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३-१ गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन फिल फोडेन,रियाद महरेज र बर्नार्डो सिल्भाले एक-एक गोल गरे।एभर्टनका रिचार्लिसनले एक गोल गरे ।

खेलको ३२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर खेलको ३७ औं मिनेटमा एभर्टनका रिचार्लिसनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ६३ औँ मिनेटमा रियाद महरेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।त्यसपछि ७७ औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।

जितसँगै सिटीले २४ खेलबाट ५६ अंक जोडेको छ र शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।पराजित एभर्टनको २३ खेलबाट ३७ अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi