neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युभेन्ट्स पोर्टोसँग पराजित

Feb 18th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन ६

युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा पोर्टोसँग पराजित भएको छ। बुधबार राति पोर्टोको मैदानमा भएको खेलमा पोर्टोले युभेन्ट्सलाई २-१ गोलले पराजित गरेको हो ।

पोर्टोलाई जित दिलाउन मेहदी तारेमी र मौसा मरेगाले एक एक गोल गरे ।युभेन्ट्सका फेडेरिको चिसाले एक गोल गरे ।

खेलको पहिलो मिनेटमा मेहदी तारेमीले गोल गर्दै पोर्टोलाई सुरुवाती अग्रता दिलाएका थिए ।४६ औं मिनेटमा मौसा मरेगाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ८२ औं मिनेटमा युभेन्ट्सका फेडेरिको चिसाले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र पोर्टोले जित निकालेको हो ।

अब दोस्रो लेग ९ मार्चमा युभेन्ट्सको घरेलु मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi