काठमाडौ, फागुुन ५
आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड तथा सिद्धार्थ ग्रुपअफ हस्पिट्यालिटिबिच आइ.सि.एफ.सि.फाइनान्स लिमिटेडका ग्राहकहरुलाई आफ्नो डेबिट कार्ड र मोबाइल बैकिङ्गमार्फत सिद्धार्थ ग्रुप अफ हस्पिट्यालिटि अन्तरगत रहेका होटल तथा रेस्टुरेन्टहरुमा भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतामा आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रमुख मेनुका सुबेदी र सिद्धार्थ ग्रुपअफ हस्पिट्यालिटिका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेकाछन ।