काठमाडौ, फागुुन ५
प्रधानमन्त्री केपीशर्मा ओलीसँग नेपालका लागि जापानी राजदुतमा सामिची साइगोले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा विदाइ भेट गरेकाछन । राजदुत साइगो आफ्नो दुई वर्ष ९ महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका हुुन ।
भेटमा प्रधानमन्त्री ओलीले राजदुत साइगोकोको कार्यकाल सफल रहेको उल्लेख गर्दै यस अवधिमा नागढुंगा सुरुङ लगायतका विभिन्न कार्यक्रमहरु मार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सदृढ बनाउन खेल्नुभएको भूमिकाका लागि धन्यवाद व्यक्त गरेकाछन ।
आगामीदिनमा यी दुई घनिष्टमित्र देश बिच राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखस्तरको भ्रमण आदान प्रदान हुने अपेक्षा समेत प्रधानमन्त्रीले व्यक्त गरे । त्यस्तै राजदुत साइगोले आफ्नो कार्यअवधि भर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका थिए ।