neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोना पीएसजीसँग घरेलु मैदानमा पराजित, एम्बाप्पेले गरे ह्याट्रिक

बार्सिलोना पीएसजीसँग घरेलु मैदानमा पराजित, एम्बाप्पेले गरे ह्याट्रिक

Feb 17th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन ५


स्पेनिस क्लब  बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पराजित भएको छ। मंगलबार राति भएको खेलमा पीएसजीले बार्सिलोनालाई उसकै मैदान क्याम्प नाउमा ४ -१ गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले ह्याट्रिक र मोइज केनले एक गोल गरे ।बार्सिलोनाका लियोनल मेस्सीले एक गोल गरे ।

खेलमा पहिलो अग्रता बार्सिलोनाले लिएको थियो । खेलको २७ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, ३२ औं मिनेटमा पीएसजीका केलियन एम्बाप्पेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ६५ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए। ७० औं मिनेटमा मोइज केनले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए। त्यसपछि खेलको ८५ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै ह्याट्रिक पुरा गरे र पीएसजीलाई ४-१ को शानदार जित दिलाए ।

अब दोस्रो लेग १० मार्चमा पीएसजीको मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi