neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सलाह र मानेको गोलमा लिभरपुलको जित

Feb 17th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन ५


लिभरपुलले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा लिभरपुलले आरबी लाइपजिगलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे । लिभरपुलले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

दोस्रो हाफको ५३ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५८ औं मिनेटमा साडियो मानेले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

अब दोस्रो लेग १० मार्चमा लिभरपुलको मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi