काठमाडौ, फागुन ४
सिद्घार्थ बैंक लिमिटेडले मंगलबार भरतपुर स्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा एटिएम सेवा सुरु गरेको छ । यो नयाँ एटिएम सेवा थप भएसँगै बैकको एटिएम संख्या २ सय ६ पुगेको छ । सो एटिएम सेवा वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयाराम पौडेलले बैंकका प्रदेश प्रमुख दुर्गा राज पाण्डेयकोे उपस्थितीमा उद्घाटन गरेका हुुन । बैंकले भरतपुर स्थित उक्त क्याम्पसका कर्मचारी, विद्यार्थी साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी सो एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।
सजिलो बंैैकिङ्ग सेवा (शाखारहित बैंकिङ) एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, चार सय ५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्तगर्न सकिने गरि जारी गरिएको युनएओ क्रेडिट कार्ड जस्ता सेवामार्फत् बैंकले उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ ।