neapl investment mega bank
  • गृहपृष्ठ
  • ३ हजार ३ सय ६० को नमूना परीक्षण गर्दा १ सय ५ जनामा कोरोना सङ्क्रमण

३ हजार ३ सय ६० को नमूना परीक्षण गर्दा १ सय ५ जनामा कोरोना सङ्क्रमण

Feb 16th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, फागुुन ४

आइतबार थप १ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ३ हजार ३ सय ६० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ९ सय ४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ३ सय ६० जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ७४ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८७ जना छन् । हालसम्म २१ लाख २३ हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ९९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ९९ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ६९ हजार ३ सय ३ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५५ पुगेको छ।