neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाको वडा नं.७ को कार्यालय सञ्चालन आफ्नै भवन बाट शुभारम्भ

महालक्ष्मी नगरपालिकाको वडा नं.७ को कार्यालय सञ्चालन आफ्नै भवन बाट शुभारम्भ

Feb 16th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन ४
ललितपुरको महालक्ष्मी नगरपालिकाको कार्यालय सञ्चालनको काम आजबाट आफ्नै भवनबाट शुभारम्भ भएको छ । सो वडा भवन २०७५ साल को घटस्थापना को दिन शिलान्यास भएको भवन उपभोक्ता समितिका अध्यक्ष रविता पौडेलले बताइन् । भवन ६५ लाख बाट शुरु भई हाल ९० लाख लागतमा सम्पन्न भएको वडा नंं.७ का वडा अध्यक्ष नकुल थापा ले वताए । भवन विधिवत् उद्घाटन फागुन १५ गते हुने भवन उपभोक्ता समितिका अध्यक्ष पौडेले बताउँदै नगरपालिका बाट विनियोपजत बजेट ढिलो उपलब्ध गराउने र विश्वव्यापी फैलिएको कोभिड १९ को समस्याले भवन निर्माणमा सम्पन्न गर्न ढिलो भएको समितिका अध्यक्ष पौडेले बताइन ।

आजै वडा नं. ७ मा किरियापुत्री भवन ८ आना जग्गामा ४५ लाख लागतमा निर्माण हुन लागेको महालक्ष्मी नगरपालिका वडा नं.७ अध्यक्ष नकुल थापाले बताए । महालक्ष्मी नगरपालिका मेयर तथा उपमेयरले शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा दशै वडाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । महालक्ष्मी नगरपालिका ७ नं. वडा अध्यक्ष नकुल थापाले बताए । किरियापुत्री भवनलाई आर्थिक सहयोग गर्न सहयोगी हातहरुसंग मनैदेखि सहयोग गर्न आब्हान गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi