neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकियो

शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकियो

Feb 16th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन ४

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख अर्मेनियासँग बराबरीमा रोकिएको छ ।सोमबार राति भएको खेलमा बायर्नलाई अर्मेनियाले ३-३ गोलको बराबरीमा रोकेको हो ।

खेलमा बायर्नको लागि रोबर्ट लेवान्डोव्स्की,कोरेनटिन टोलिसो र अल्फोन्सो डेभिसले एक-एक गोल गरे भने अर्मेनियाको मिशेल,आमोस पाइपर र क्रिश्चियन गेबाउरले एक-एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता अर्मेनियाले लिएको थियो । खेलको नवौं मिनेटमा मिशेलले गोल गर्दै अर्मेनियालाई सुरुवाती अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा आमोस पाइपरले गोल गर्दै अर्मेनियाको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ४८ औं मिनेटमा बायर्नका रोबर्ट लेवान्डोव्स्कीले गोल गर्दै २-१ को स्थितिमा ल्याए । तर, ४९ औं मिनेटमा अर्मेनियाका क्रिश्चियन गेबाउरले गोल गर्दै टोलीलाई ३-१ ले अघि बढाए।

खेलको ५७ औं मिनेटमा कोरेनटिन टोलिसोले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । त्यसपछि खेलको ६९ औं मिनेटमा अल्फोन्सो डेभिसले गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।

बराबरीपछि पनि बायर्न शीर्ष स्थानमा छ।बायर्नको २१ खेलबाट ४९ अंक छ ।अर्मेनियाको १८ अंक छ र १६ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi