neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको चौंथो स्थानमा

चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको चौंथो स्थानमा

Feb 16th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन ४

चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको चौंथो स्थानमा उक्लिएको छ ।सोमबार राति भएको खेलमा चेल्सीले न्युकासललाई २-० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन ओलिभियर जिरुउड र टिमो वर्नरले एक-एक गोल गरे ।

खेलको ३१ औँ मिनेटमा ओलिभियर जिरुउडले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।त्यसपछि खेलको ३९ औं मिनेटमा टिमो वर्नरले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसंगै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको चौंथो स्थानमा उक्लिएको छ । चेल्सीले २४ खेलबाट ४२ अंक जोडेको छ। पराजित न्युकासलको २५ अंक छ र १७ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi