neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा, लुकाकुले गरे दुई गोल

इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा, लुकाकुले गरे दुई गोल

Feb 15th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन ३

इटालियन सिरी (ए) फुटबलमा इन्टर मिलान शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा इन्टर मिलानले लाजियोलाई ३-१ गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

इन्टर मिलानलाई जित दिलाउन रोमेलु लुकाकुले दुई र लाउटरो मर्टिनेजले एक गोल गरे।लाजियोका सर्जेज मिलिन्कोभिय सेभियसले एक गोल गरे।

खेलको २२ औँ मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए।पहिलो हाफको इन्जुरी समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६१ औं मिनेटमा लाजियोका सर्जेज मिलिन्कोभिय सेभियसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर ६५ औं मिनेटमा मिलानका लाउटरो मर्टिनेजले गोल गर्दै टोलीलाई ३-१को जित दिलाए ।

जितसंगै इन्टर मिलानले २२ खेलबाट ५० अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ ।दोस्रो स्थानको एसी मिलानको २२ खेलबाट ४९ अंक छ । पराजित लाजियोको ४० अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi