neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बेन्जिमा र क्रुसको गोलमा रियलको जित

Feb 15th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन ३
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई २-० गोलले पराजित गरेको हो ।

रियल मड्रिडलाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ४२ औं मिनेटमा टोनी क्रुसले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

जितसंगै रियलले २३ खेलबाट ४९ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको २१ खेलबाट ५४ अंक छ ।पराजित भ्यालेन्सियाको २४ अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi