neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर युनाईटेड वेस्ट ब्रोमसँग बराबरीमा रोकियो

म्यानचेस्टर युनाईटेड वेस्ट ब्रोमसँग बराबरीमा रोकियो

Feb 15th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, फागुन ३

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड वेस्ट ब्रोमसँग बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा युनाईटेडलाई वेस्ट ब्रोमले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा म्यानचेस्टर युनाईटेडको लागि ब्रुनो फर्नांडीसले एक गोल गरे भने वेस्ट ब्रोमको एमबीए डाएग्नेले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता वेस्ट ब्रोमले लिएको थियो । खेलको दोस्रो मिनेटमा एमबीए डाएग्नेले गोल गर्दै वेस्ट ब्रोमलाई अग्रता दिलाएका थिए ।

तर खेलको ४५ औं मिनेटमा युनाईटेडका ब्रुनो फर्नांडीसले गोल गर्दै खेल बराबरीमा ल्याए ।त्यसपछि दोस्रो हाफमा कुनै गोल हुन सकेन र म्यानचेस्टर युनाईटेड वेस्ट ब्रोमसँग बराबरीमा रोकिएको हो ।

बराबरीपछि पनि युनाइटेड दोस्रो स्थानमा छ। युनाइटेडको २४ खेलबाट ४६ अंक छ ।शीर्ष स्थानको म्यानचेस्टर सिटीको २३ खेलबाट ५३ अंक छ । वेस्ट ब्रोमको १३ अंक छ र १९ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi